Sagun Khabar
एमालेले पुर्चौंडीको मेयरका लागि ३ जना र उपमेयरका लागि २ जनाको नाम सिफारिश गर्यो 
Atrya hospital

बैतडी – आसन्न स्थानीय तहको निर्वाचनका लागि एमालेले उम्मेद्वार छनौट कार्यमा तीव्रता दिएको छ । एमालेले पुर्चौंडी नगरपालिकाको मेयर पदका लागि तीनजना र उपमेयर पदका लागि दुई जनाको नाम सिफारिश गरेको छ । 

एमाले पुर्चौंडी नगर कमिटिले जिल्ला कमिटिलाई नाम सिफारिश गरेको हो । एमाले सुदूरपश्चिम प्रदेश कमिटि सदस्य कर्णबहादुर कुँवर, वर्तमान उपप्रमुख जानकी ऐर बम र एमाले नगर इन्चार्ज केशव पन्तको नाम मेयरका लागि सिफारिश गरेको हो । 

यस्तै उपमेयर पदका लागि जानकी साउँद र जयलाल साउँदको नाम सिफारिश गरिएको छ । एमाले जिल्ला कमिटि बैठकले आकांक्षीहरु मध्ये उम्मेद्वारको टुंगो लगाउने एमाले प्रदेश कमिटि सदस्य कर्णबहादुर कुँवरले बताए । जिल्ला कमिटिले सहमति गर्न नसके प्रदेश कमिटिले उम्मेद्वारको टुंगो लगाउने बताएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update