Sagun Khabar
बैतडीको पाटनमा नेकपा एसले भण्डारीलाई मेयरको उम्मेद्वार बनाउने 
Atrya hospital

बैतडी – आसन्न स्थानीय तहको निर्वाचन नजिक आएका बेला राजनीतिक दलहरु उम्मेद्वार छनौट गर्ने कार्यमा व्यस्त देखिएका छन् । नेकपा एकीकृत समाजवादीले बैतडीको पाटन नगरपालिकाको मेयरमा चमनकुमार भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । 

पार्टीको नगरकमिटिको बैठकले आफूलाई उम्मेद्वार बनाउने निर्णय गरेको भण्डारीले बताए । पार्टीको निर्णयसंगै आफू चुनावी प्रचारप्रसारमा जुटीसकेको भण्डारीले बताए । खेलकुद विकास समिति बैतडीका अध्यक्ष समेत रहेका भण्डारी नेकपा एसका प्रदेश कमिटि सदस्य हुन् ।

 सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल हुने कुरा चलिरहे पनि उनीहरुले एक्लाएक्लै उम्मेद्वारी घोषणा गर्न थालेका छन् । बैतडीका अधिकांश स्थानीय तहका वडाहरुमा गठबन्धन दलहरुले एक्लाएक्लै उम्मेद्वारी घोषणा गरिसकेका छन् । 
 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १४:१२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update