बैतडी - बैतडीमा विद्युत सेवा अवरुद्ध भएको छ । हिजो राती देखि जिल्लामा विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्या परेका छन् ।
कठपतेमा तार टुटेकाले विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीका फिल्ड सुभरभाइजर माधव लेखकले जानकारी दिए । उनले भने ‘हावाहुरिले कठपतेमा तार टुटेको रहेछ, प्राविधिकको टोलि बनाउदै छ , मर्मतमा एक दुइ घण्टा लाग्छ ।’ मर्मत भएपछि मात्रै विद्युत सेवा शुचारु हुने उनको भनाई छ ।
विद्युत सेवा अवरुद्ध हुँदा फोन सेवा समेत प्रभावित भएको सुर्नयाका स्थानीय केशब राज भट्टले बताए । रातीदेखि विद्युत नहुँदा जनजीवन प्रभावित भएको छ । यसको असर सर्वसाधारणदेखि व्यापार व्यवसाय र विद्युतको माध्यमले मात्रै सञ्चालन हुने क्षेत्रमा समेत परेको छ । विद्युत सेवा अवरुद्ध हुँदा जिल्लामा विद्युतीय उपकरण चलाउन सकिएको छैन्। केही रेडियो, एफएमको प्रसारण समेत रोकिएको छ।