Sagun Khabar
निशुल्क आँखा उपचार शिविरबाट ५ सय ९३ जनाले सेवा लिए
Atrya hospital

बैतडी – जिल्ला  अस्पताल बैतडीमा सञ्चालन भएको   निशुल्क आँखा उपचार तथा अप्रेशन शिविरबाट झण्डै ६ सय जनाले   सेवा लिएका छन् । चैत २९ र  ३० गते  स्वास्थ्य कार्यालय बैतडीको आयोजना र गेटा आँखा अस्पताल धनगढीको प्राविधिक सहयोगमा जिल्ला अस्पतालमा  सञ्चालन भएको  शिविरबाट ५ सय ९३ जनाले  सेवा लिएका  स्वास्थ्य  कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवन प्रशाद  जोशीले बताए ।

यस्तै शिविरमा   १ सय १३ जनाको  मोतिबिन्दुको  शल्यक्रिया भएको  बताइएको  छ । सेवा पाउदा नागरिकहरु पनि खुसिभएका छन् । आफ्नै  जिल्लामा शिविर मार्फत  निशुल्क सेवालिन पाउदा नागरिकहरु  खुसि  भएका हुन्  ।  जिल्ला अस्पतालमा शिविर सम्पनन भएको  जनाउदै स्वास्थ्य कार्यालय बैतडीले वैशाख २ र ३ गते केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा र वैशाख ५ र ६ गते आँखा उपचार केन्द्र पाटनमा शिविर सञ्चालन हुने  बताएको  छ ।

आँखामा समस्या भएका नागरिकलाई  शिविरमा आएर सेवा लिन  आग्रह गरिएको छ । आँखाको समस्या भएका नागरिकलाई स्थानीयस्तरमै सेवा लिन सजिलो होस भनेर शिविरको आयोजना गरिएको  हो । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  ११:४१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update