बैतडी- बैतडी लगायत सुदूरपश्चिम प्रदेशमा आज विशु पर्व मनाइँदै छ । नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीहरुले विशु पर्वका रुपमा मनाउने गरेका हुन् ।
सुदूरपश्चिमका पहाडी जिल्ला डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा यो पर्व मनाइने गरिन्छ । सबै पर्वहरु मध्येको जेठो र महत्वपूर्ण मानिने यो पर्वमा प्रदेश गएकाहरु पनि गाउँघर आएकाले गाउँघरमा विशुको छुट्टै प्रकारको रौनक छाएको छ ।
गत विगतमा कोरोनाले विशु पर्व खासै मनाउ नपाएका स्थानीय नागरिकहरु अहिले खुसी भएका छन् । यस्तै यो पर्वका धार्मीक तथा सास्कृतिक महत्वहरु पनि रहि आएका संस्कृतिका जानकार मुरलिधर अवस्थीले बताए । सुदूरपहाडमा खेलकुद , देउडा प्रतियोगिता लगायतका कार्यक्रम गरेर यो पर्व मनाइने गरिएको उनले बताए । विशुको दिन सिस्नु लगाउने चलन पनि रहिआएको छ ।
देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाजुहरूले एक–आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । वर्षको विशुको दिन सिस्नो लगाउँदा शरीरमा भएका रोगव्याधिहरू हराएर जाने जनविश्वास रहिआएको छ । कामको सिलसिलामा बाहिर रहेकाहरू विशु मनाउन आउने भएकाले यस पर्वलाई परिवारिक जमघटको रुपमा पनि लिइन्छ । वर्षको अन्तिमदिन राति सेलपुरी लगायत अन्य मिष्ठान्न परिकारहरू बनाएर खाने चलन छ ।
माणा, गतानीडुप्पक्का, सेलरोटीपकाई खाने प्रचलन यो पर्वमा रहिआएको स्थानीय मोहन सिँह डागाले बताए । प्रदेश भएका र घर देशकै विभिन्न ठाउँमा रहेर काम गरिहेकाहरु समेत विशु मनाउ गाउँपसेपछि अहिले गाउँमाघरमा रमाइलो भएको स्थानीयहरुले बताए ।