बैतडी-बैतडीमा कृषि गणनाका लागि छनोट भएका गणक तथा सुपरीवेक्षकलाई तालिम दिइदै छ । चैत २५ गतेबाट गणक तथा सुपरीवेक्षकको तालिम सुरु भएको जिल्ला कृषि गणना कार्यालय बैतडीका कृषि गणना अधिकृत सुरेन्द्र प्रशाद पन्तले जानकारी दिए ।
२५ गते देखि तालिम सञ्चालन भएको जनाउदै उनले गणना के कसरि गर्ने बारे अध्यन गराइरहेका बताएका छन् । तालिममा ११ जना सुपरीवेक्षक र ५० जना गणक सहभागि छन् । गणकको शुक्रबार र सुपरिवेक्षको ३ गते तालिम सम्पन्न हुने कृषि गणना अधिकृत पन्तले बताए ।
बैशाख ६ गते देखि बैतडीमा पनि कृषि गणना हुँदैछ । तालि सम्पन्न पछि बैशाख ६ देखि जिल्लाका ८४ ओटै वडाका १ सय ४४ स्थानमा कृषि गणना गर्न सुपरीवेक्षक र गणक खटाइने बताइएको छ । जेठ १९ गते सम्म सञ्चालन हुने गणनामा गणकहरुले नमूना क्षेत्रमा गएर कृषकहरुको अवस्था, उपयोग र उपभोग गरेको जमीन, जमीनको आकार, खेतीको अवस्था, पशुपालनको अवस्था लगायतका बारेमा जानकारी लिने बताइएको छ ।
जेठ १९ गते सम्म सञ्चालन हुने गणनामा गणकहरुले नमूना क्षेत्रमा गएर कृषकहरुको अवस्था, उपयोग र उपभोग गरेको जमीन, जमीनको आकार, खेतीको अवस्था, पशुपालनको अवस्था लगायतका बारेमा जानकारी लिने जनाइएको छ ।