बैतडी- नेकपा एमालेले बैतडीको पाटन नगरपालिकामा मेयर र उपमेयरको टुंगो लगाएको छ । पाटनमा बसेको नगरकमिटिको बैठकले मेयर उपमयेरको टुंगो लगाएको हो ।
मेयरमा पाँच जना आकांक्षी देखिएपनि अहिले एमालेले पाटनमा सर्बसम्मतबाट मेयर उपमेयरको टुंगो लगाएको नेकपा एमाले बैतडीका प्रचार तथा प्रकाशन विभाग प्रमुख लोक बहादुर भण्डारीले जानकारी दिए ।
एमालेले पाटनमा नारायण भण्डारीलाई मेयरको उम्मेद्वार र हरिना भट्टलाई उपमेयरको उम्मेद्वार बनाउने निर्णय गरेको उनले बताए । नगरकमिटिले दुवै जनालाई सर्बसम्मत चयन गरेर प्रदेश कमिटिमा सिफारिस गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख भण्डारीले बताए ।
मेयर उपमेयरका उम्मेद्वार दुवै जना एमाले निकट शिक्षक संगठनमा आवद्ध व्यक्ति रहेका बताइएको छ । । मेयरका उम्मेद्वार भण्डारी वडा नं ६ का हुन् भने उपमेयरकी उम्मेद्वार भट्ट पाटन ५ की हुन् ।