Sagun Khabar
काँग्रेसले टुंग्यायो बैतडीका ४७ वडामा अध्यक्ष उम्मेद्वार 

बैतडी-  नेपाली काँग्रेस बैतडीले उम्मेद्वार चयनमा तिब्रता दिएको छ । स्थानीयतहको निर्वाचन नजिकिए संगै काँग्रेस बैतडीले उम्मेद्वार चयनमा तिब्रता दिएको हो ।

अहिले सम्म  ३ पालिका र ४७ ओटा वडामा सर्बसम्मत उम्मेद्वारको टुंगो लगाइसकेको नेपाली कांग्रेस बैतडीका सचिव प्रेम चन्दले  जानकारी दिए । पुर्चौडी  नगरपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा मेयर  र अध्यक्षका उम्मेद्वार सर्बसम्मत छनोट गरेको काँग्रेस बैतडीले जिल्लाका ४७ वडामा समेत अध्यक्ष पदका उम्मेद्वारको टुंगो लगाइ सकेको उनले बताए ।

Atrya hospital

८४ वडा रहेको बैतडीमा ४७ मा अध्यक्षका  उम्मेद्वार छनोट भइसकेका भन्दै  उनले  बाँकीमा पनि चांडै  लाग्ने  बताए  । नेपाली  काँग्रेसले पुर्चौडी नगरपालिकाको मेयरमा दिपक बहादुर बम, दोगाडाकेदार गाउँपालिकाको अध्यक्षमा देव राज जोशी र पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश   भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

काँग्रेसले पुर्चौडी, दोगडाकेदार र पञ्चेश्वरमा मेयर र अध्यक्षको टुंगो लगाएपनि उपमेयर र उपाध्यक्षको भने  टुंगो लगाउन सकेको छैन् । बाँकी वडा र पालिकाहरुमा पनि सर्बसम्मतीबाटै उम्मेद्वार टुंगो लाग्ने सचिव चन्दले बताए । बैशाख ७ गते सम्म  सबै पालिका र वडामा उम्मेद्वारको टुंगो  लगाइ सक्ने नेपाली कांग्रेस बैतडीले जनाएको  छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update