बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा माओवादी केन्द्रबाट आसन्न स्थानीयतहको निर्वाचनमा ३ जना आकांक्षी देखिएका छन् । गाउँपालिकामा स्वेता भट्ट, नरि भाट र जगदिश कुंवर अध्यक्ष पदका लागि आकांक्षी देखिएका नेकपा माओवादी केन्द्र सुर्नया गाउँकमिटि अध्यक्ष राम बहादुर विष्टले जानकारी दिए ।
स्वेता भट्ट माओवादी केन्द्र सुर्नया गाउँकमिटि इन्जार्ज हुन भने जगदिश कुंवर सह इन्चार्ज हुन । यस्तै अर्का दावेदार नरि भाट तिलक पार्टी जिल्ला समुन्वय समिति सदस्य हुन् । तिलक भाट २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसका बिर बहादुर विष्ट संग पराजित भएका थिए । अहिले पनि उनि चुनाव लड्ने मुडमा रहेका बताइएको छ ।
यस्तै उपाध्यक्षका लागि पनि माओवादीबाट सुर्नयामा ३ जना अकांक्षी देखिएका छन् । उपाध्यक्षमा हेमा भट्ट, दिलाराम भट्ट, र राम बहादुर विष्टले दावि गरेको बताइएको छ । हेमा भट्ट अहिले गाउँपालिकाकी प्रवक्ता छिन्, दिलाराम भट्ट वडा नं ३का अध्यक्ष हुन् भने राम बहादुर विष्ट पार्टीका गाउँकमिटि अध्यक्ष हुन्।