बैतडी- मालपोत कार्यालय बैतडीले सेवाग्राहीलाई सम्मान गरेको छ । मालपोत कार्यलय बैतडीले नेपालमा पहिलो पटक घर जग्गा कारोबारको लिखित रजिस्ट्रेशन पारित भएर शताब्दी पुरा भएको अवसरमा आयोजित कार्यक्रममा शुक्रबार सेवाग्राहीलाई सम्मान गरेको हो ।
लिखित रजिस्ट्रेसन पारित भएको सय वर्ष पुराभएर एकसय एक वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार मालपोत कार्यालयमा सेवा लिन आएका पहिलो सेवाग्राही दशरथचन्द नगरपालिका १ का खेमराज भट्टलाई सम्मान गरिएको मालपोत कार्यालयका सूचनाअधिकारी कृष्ण बोहराले बताए । उनका अनुसार सेवाग्राही भट्टलाई अबिर खादासहित सम्मान गरिएको छ ।
नेपालमा पहिलो पटक घर जग्गा कारोबारको लिखित रजिस्ट्रेशन पारित भएर सय वर्ष पुरा भएको अवसरमा मालपोतकार्यलय बैतडीले पनि तीन दिने कार्यक्रम गरेको थियो । भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमी व्यवस्थापन तथा अभिलेख विभाग मातहतका कार्यालयहरुमा तीन दिने तालिम कार्यक्रम गर्न गरिएको पत्राचार अनुसार बैतडीमा पनि कार्याक्रम गरिएको सूचना अधिकारी बोहराले बताए ।
नेपालमा पहिलो पटक १९७९ साल वैशाख १ गते घर जग्गा कारोबारको लिखत रजिस्ट्रेशन पारित भएको थिये । शताब्दी पुरा भएको ऐतिहासिक अवसरमा भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमी व्यवस्थापन तथा अभिलेख विभाग मातहतका कार्यालयहरुमा विभन्न कार्यक्रम गरिएका हुन् ।