बैतडी- बैतडीको सुर्नया ७मा नेकपा एमालेबाट जय बहादुर कुँवरले वडा अध्यक्षको लागि दाबी पेस गरेका छन् । उनले आसन्न स्थानीयतहको निर्वाचनमा विकासका ऐजेण्डा सहित नेकपा एमाले गाउँकमिटि र जिल्ला कमिटिमा अध्यक्ष पदका लागि दाबी पेस गरेका हुन् ।
नेकपा एमालेको राजनितीमा आबद्ध कुँवर विद्यार्थी नेता हुन् । वडाको समग्र विकासका लागि आफुले अध्यक्षमा उम्मेद्वारी दिएको उनले बताए ।
उनले भने, ‘लेखेपढेका शिक्षित युवाहरु नेतृत्वमा आउनु पर्छ , गाउँको विकास हुन्छ, वडाको शिक्षा, स्वास्थ्य, खानेपानी र यातायातको विकासका लागि मेरो उम्मेद्वारी हो ।’ गाउँ समाजले अहिले विकास प्रेमि युवाहरु खोजिरहेकाले सो भित्र आफु पनि पर्ने भन्दै उनले पार्टीले टिकट दिनेमा पनि आशावादी रहेको बताए ।
उनले वडा कार्यालय पाइक पर्ने स्थानमा बनाउने, घरघरमा खानेपानीको व्यवस्थापन गर्ने , वडा भित्र राष्ट्रिय प्रशारण लाइन विस्तार गर्ने , शैक्षिक क्षेत्रको विकास गर्ने लगायतका १४ बुदे एजेण्डापनि पनि अघि सारेका छन् ।