Sagun Khabar
नेतृत्वमा महिलाहरुको अर्थपुर्ण सहभागीता सुनिश्चित गर्न महिला नेतृत्व मञ्च बैतडीले बुझायो राजनितिक दलहरुलाई ज्ञापन पत्र

बैतडी – महिला नेतृत्व मञ्च बैतडीले जिल्लामा रहेका प्रमुख राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरूलाई शनिबार ज्ञापन पत्र बुझाएको छ ।

आउदो बैशाख ३० गते भईरहेको स्थानीय तहको निर्वाचनमा महिलाहरुको समानुपातिक समावेशी नेतृत्व संगै मुख्य पदमा महिलाको नेतृत्व सुनिश्चित गर्नुपर्ने लगायत ४ बुदे माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।

Atrya hospital

गएको स्थानिय तहको निर्वाचनमा देशैभरी महिलाको ४० प्रतिशत नेतृत्व सुनिश्चित गरेको भएपनी वडा तह देखी नगरपालिका सम्म पाँच बर्ष सम्म गरिएका बैठक तथा गोष्ठीहरुमा धेरै जसो एजेन्डा तथा प्रस्तावहरु पुरुषहरुबाट मात्रै राख्ने काम भएका र वडा तहका अधिकांश बैठकहरुमा निर्वाचित महिलाहरुको नाममा मात्र सिमित रहेको देखीएको ज्ञापनपत्रमा उल्लेख गरीएको छ ।

महिलाहरू मुल नेतृत्वमा नरहेकाले निर्वाचितहरुबाट लक्षित समुदायका महिलाहरुका सवाल राख्न नसकीएका,स्थानीय तहका योजना तर्जुमा प्रक्रियामा महिलाहरुका सवाल अपेक्षा अनुसार समेटन नसकिएका ,लक्षित समुहका महिलाहरुको लागी जिविकोपर्जन,क्षमता विकासका कार्यक्रमहरुमा कठिनाई भएकोले अबका दिनमा राज्यका सवै संरचनाहरूमा महिलाको समानुपातिक समावेशी नेतृत्व संगै मुख्य पदमा समेत अर्थपुर्ण स्थायी नेतृत्व सुनिश्चित गर्न जरुरी रहेको कुरा सहित ४ ओटा माग राखेर बैतडीमा रहेका दलका प्रमुख तथा प्रतिनिधिहरूलाई ज्ञापन पत्र बुझाएको रूडेस बैतडीका कार्यक्रम संयोजक तेजराम लोहारले जानकारी दिएका छन ।

ज्ञापनपत्र :

 

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  २१:०४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update