बैतडी-बैतडीको मेलौलीमा सम्पन्न आँखा शिविरबाट ५ सय ६८ जनाले सेवा लिएका छन्। स्वास्थ्य कार्यालय बैतडीको आयोजना र गेटा आँखा अस्पताल धनगढीको प्राविधिक सहयोगमा यहि बैशाख २ र ३ गते केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा लागेको निशुल्क आँखा उपचार तथा अप्रेशन शिविरबाट ५ सय ६८ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
आँखाको समस्या भएका नागरिकलाई स्थानीयस्तरमै सेवा लिन सजिलो होस भनेर आयोजना गरिएको शिविरमा १ सय १९ जनाको मोतिबिन्दुको शल्यक्रिया समेत भएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरिक्षक भुवन जोशीले जानकारी दिए ।
यसअघि जिल्ला अस्पतालमा लागेको निशुल्क आँखा उपचार शिविरबाट ५ सय ९३ जनाले सेवा लिए थिए । आँखाको उपचार सेवा पाउँदा नागरिकहरु पनि खुसि भएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९ १२:००
प्रतिक्रिया दिनुहोस्