बैतडी- बैतडीमा सत्तासाझेदार दलका नेताहरुको बैठक आज पनि बसेको छ । स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयको टुंङ्गो लगाउन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको आज पनि बैठक बसेको हो ।
स्थानीय तहमा गठबन्धन गरेर उम्मेदवार टुंग्याउन नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादीका प्रतिनिधीहरु सम्मिलित गठबन्धन संयन्त्रको बैठक आज पनि बसेको नेकपा माओवादीका नेता शंकर भण्डारीले जानकारी दिए ।
आजको बैठकमा घनिभूत छलफलम चलिरहेकाले आजै निष्कर्षमा पुग्ने नेता भण्डारीले बताए । शुक्रबार बाट सुरु भएको सत्तागठबन्धन दलका नेताहरुको बैठक बिना निष्कर्ष टुंगाीने गरेको छ । शुक्रबार र शनिबार पनि बैतडीमा सत्तागठबन्धनको बैठक बसेको थियो तर बिना निष्कर्ष टुंगिएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९ १३:५७
प्रतिक्रिया दिनुहोस्