बैतडी- बैतडीको पाटन नगरपालिकामा निःशुल्क आँखा उपचार शिविर सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय बैतडीको आयोजना तथा नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल धनगढीको प्राविधिक सहयोगमा बैशाख ५ गते सोमबारबाट पाटनमा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
पाटन आँखा उपचार केन्द्रमा लाग्ने शिविर ७ गते सम्म चल्ने बताइएको छ । पाटन आँखा उपचार केन्द्रमा आँखा शिविर सञ्चालन हुने जनाउदै पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदन सिंह महराले मोतिबिन्दु लगायत आँखाको समस्या भएका सबैलाइ शिविरमा आएर सेवा लिन आग्रह गरेका छन् ।
यसअघि जिल्ला अस्पतालमा सञ्चालन भएको आँखाशिविरबाट ५ सय ९३ जना र मेलौलीमा सञ्चालन भएको शिविरमा ५ सय ६८ जनाले सेवा लिएका थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९ १५:३१
प्रतिक्रिया दिनुहोस्