बैतडी- बैतडीमा नेकपा एमाले छाडेका नेता राजेन्द्र चन्द नेकपा एकीकृत समाजवादी रोजेका छन् । केहि दिन पहिले एमाले छाडेका चन्दले अहिले नेकपा एकीकृत समाजवादी राजेका हुन् ।
पञ्चेश्वर घरभएका चन्दले आइतबार प्रेश विज्ञप्ती जारी गरेर एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेको बताएका हुन् । २०६४ सालदेखि हालसम्म नेकपा एमाले पार्टीमा वडा कमिटी हुँदै जिल्ला कमिटी र राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्य पदमा रहेर इमान्दारिता पूर्वक काम गर्दै आएपनि पछिल्लो समय पार्टीमा व्यक्तिवादी चरित्र, तथा विधि, विधान विपरितका अलोकतान्त्रिक कार्यहरु भएकाले छुट्टिएको उनले बताए ।
नेकपा एमालेका स्थानीय तथा जिल्ला स्तरमा पार्टीभित्रका नेताहरूमा गलत, भष्ट्राचारी तथा गैरकम्युनिष्ट गतिविधि पलाउँदै गएको पनि आरोप लगाएका छन् । चन्द एमाले जिल्ला कमिटी सदस्य तथा युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य थिए ।