बैतडी- बैतडीको पाटन नगरपालिकामा निःशुल्क आँखा उपचार तथा अप्रेशन शिविर शुरु भएको छ । स्वास्थ्य कार्यालय बैतडीको आयोजना तथा नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल धनगढीको प्राविधिक सहयोगमा आज बाट पाटनमा शिविर शुरु भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
आजबाट शुरु भएको शिविर ७ गते सम्म चल्ने बताइएको छ । पाटन आँखा उपचार केन्द्रमा आँखा शिविर शुरु भएको जनाउदै स्वास्थ्य कार्यालय बैतडीले मोतिबिन्दु लगायत आँखाको समस्या भएका सबैलाइ शिविरमा आएर सेवा लिन आग्रह गरेको छ ।
यसअघि जिल्ला अस्पतालमा सञ्चालन भएको आँखाशिविरबाट ५ सय ९३ जना र मेलौलीमा सञ्चालन भएको शिविरमा ५ सय ६८ जनाले सेवा लिएका थिए । आँखाको समस्या भएका नागरिकलाई स्थानीयस्तरमै सेवा लिन सजिलो होस भनेर शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।