Sagun Khabar
बैतडीका सात पालिकामा ‘मित्रवद प्रतिस्पर्धा’ गर्ने निर्णय गर्दैै टुंगियो गठबन्धनको बैठक 

बैतडी- बैतडीमा सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । अन्य सात पालिकामा मित्रवद प्रतिस्पर्धा गर्ने  निर्णय  गर्दै  आज बसेको  सत्ता गठबन्धनको बैठक सम्पन्न भएको हो ।

तीन पालिकामा भएको तालमेललाई  राम्रो संग कार्यान्वयन गर्ने र अन्य सातमा मित्रवद प्रतिस्पर्धा गर्ने निर्णय सहित  बैठक सकिएको नेपाली काँग्रेस बैतडीका सभापति चतुर बहादुर चन्दले जानकारी दिए ।

Atrya hospital

उनले भने ‘बैठक आज पनि बस्यो, हामिले ७ पालिकामा मित्रवद प्रतिस्पर्धा गर्ने निर्णय गरेका छौँ ।’ आ आफ्नै पार्टीका उम्मेद्वार उठाएर मित्रवद प्रतिस्पर्धा हुने उनको भनाइ थियो ।

यस्तै माओवादीका नेता शंकर भण्डारीले हिजोको निर्णय कार्यान्वयन गर्ने र पालिकाहरु  संग परार्मश गरेर  अगाडी बढ्ने  निर्णय  भएको  बताएका छन् । पालिकास्तरमा बनेको कार्यदलको परामर्शअनुसार अगाडी बढ्ने कुराभएको उनको भनाई छ ।

उनले भने ‘हिजोको निर्णय कार्यान्वयन गर्ने र अन्य पालिकामा बनेको कार्यदलको परामर्शका आधारमा अगाडी बढ्ने निर्णय भयो ।’ गठबन्धनको बैठकमा सरिक काँग्रेस माओवादीका नेताहरुले दिएको फरक फरक अभिव्यक्तिले अन्य सात स्थानीयतहमा गठबन्धन नहुने स्पष्ट देखिएको छ ।

 सत्तासाझेदारदलहरुले स्थानीयतहको  निर्वाचनमा  तीन पालिकामा भने  चुनावी  गठबन्धन गर्ने निर्णय गरेका  छन् । हिजो  बसेको   सत्तागठबन्धनका दलहरुको बैठकले  जिल्लाको  डिलाशैनी  गाउँपालिका ,  दोगडाकेदार  गाउँपालिका र पञ्चेश्वर  गाउँपालिकामा  चुनावी  तालमेल गर्ने  निर्णय गरेका थिए  ।

पञ्चेश्वरमा कांग्रेसलाइ  अध्यक्ष , समाजवादीलाई   उपाध्यक्ष,  दोगडाकेदार गाउँपालिकामा   काँग्रेसलाइ   अध्यक्ष, माओवादीलाइ   उपाध्यक्ष र डिलाशैनी  गाउँपालिकामा  माओवादीलाइ  अध्यक्ष , काँग्रेसलाई  उपाध्यक्ष दिने  निर्णय गरिएको  छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update