बैतडी- स्थानीय तहको निर्वाचनको चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गरे कारवाही हुने भएको छ । निर्वाचनमा राजनीतिक दलले चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गरे कारवाही गरिने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको हो ।
चुनावका लागि आचारसहिंता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका कार्यक्रमका लागि सरकारी सवारी साधनको प्रयोग भएको पाइए कारवाही गरिने जिल्ला प्रशासन कार्यालय बैतडीले सूचना मार्फत सचेत पारेको छ ।
आसन्न निर्वाचानलाई शान्तरुपमा सम्पन्न गर्न ,सरकारी सवारीसाधनको दुरुपयोगमा रोक लगाउन कुनै पनि राजनीतिकदलको चुनाव, प्रचारप्रसार वा राजनीतिकदलका व्यक्तिहरुलाई आमसभ गर्न ओसारपोसार जस्ता कार्यमा सरकारी गाडी प्रयोग भएको पाइएमा यथास्थितिमै सवारीसाधन नियन्त्रण्मा लिइ आवश्यक कारवाही गर्न आदेश अनुसार अनुरोध छः जिल्ला प्रशासन कार्यालय बैतडीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।