Sagun Khabar
कृषि गणना शुरु, बैतडीमा ५४ गणक र १२ सुपरीवेक्षक खटाइयो 

बैतडी- बैतडीमा पनि कृषि गणना शुरु भएको  छ । आज देखि बैतडीमा कृषि गणना शुरु भएको  जिल्ला कृषि गणना कार्यालय बैतडीका प्रमुख  सुरेन्द्र प्रशाद पन्तले  जानकारी दिए ।  

जिल्लाका १ सय ४४ ओटा गणना क्षेत्रमा कृषि गणना गर्न  गणक र सुपरीवेक्षक खटाइको  उनले  बताए । उनका  अनुसार कृषि गणनाका लागि ५४ जना गणक र १२ जना सुपरिवेक्षक   खटाइएका छन् । जेठ १९ गते सम्म सञ्चालन हुने गणनामा गणकहरुले नमूना क्षेत्रमा गएर कृषकहरुको अवस्था, उपयोग र उपभोग गरेको जमीन, जमीनको आकार, खेतीको अवस्था, पशुपालनको अवस्था लगायतका बारेमा जानकारी लिनेछन ।

Atrya hospital

 तथ्याङक संकलनका  लागि घरघरमा आएका गणकहरुलाई  सत्य तथ्य  विवरण टिपाएर सहयोग गर्न  कृषि गणना कार्यालय  बैतडीले जिल्लावासीलाइ अपिल समेत गरेको  छ । कृषि क्षेत्रको दिगो विकासका लागि नीति निर्माण तथा योजना तर्जुमा गर्न सघाउ पु¥याउन, कृषि बनोट सम्बन्धी तथ्याङक संकलन गर्न कृषि गणनाको मुख्य उदेश्य रहेको छ ।

 यसअघि विसं २०६८ मा कृषि गणना भएको थियो । केन्द्रीय तथ्याङ्क विभागले प्रत्येक १०÷१० वर्षमा कृषि गणना सुरु गर्दै आएको छ । यो सातौँ कृषि गणना हो । नेपालमा पहिलो कृषि गणना २०१८ सालमा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update