Sagun Khabar
नेविसंघ स्थापना दिवसको अवसरमा बैतडीमा बिरामीलाई फलफूल वितरण

बैतडी- नेपाल विद्यार्थी संघ स्थापना दिवस बैतडीमा पनि मनाइएको  छ । विभिन्न कार्यक्रमगरि नेपाली काँग्रेशनिकट नेविसंघ बैतडीले पनि नेपाल विद्यार्थी संघको  ५३ औँ स्थापना दिवस मनाएको हो ।

नेविसंघ जिल्ला कार्यसमिति बैतडीले पाटनमा बिरामी  र सेवाग्राहीलाई फलफूल र जुस  वितरण गरेर  नेपाल विद्यार्थी  संघको  ५३ औँ स्थापना दिवस  मनाएको नेविसंघ बैतडी सदस्य तेज राज भट्टले  जानकारी दिए ।

Atrya hospital

स्वास्थ्य कार्यालय बैतडीको आयोजना र गेटा आँखा अस्पताल धनगढीको प्राविधिक सहयोगमा  पाटन आँखा उपचार केन्द्रमा संचालित आँखा शिविरमा सेवा लिन आएका करिब २ सय  जना बिरामी र  सेवाग्राहीलाई फलफूल  र जुस वितरण गरिएको उनले  बताए ।

नेपाल विद्यार्थी संघ बैतडीले  वागबजार,पुतलीसडक र रत्नपार्कका सडक तताउने  होइन देश भर विद्यार्थीको दिमाग भर्ने गरि वैचारिक अभियान चलाउनु पर्ने  जोड दिएको छ । नेताको दैलो चहारी नेतृत्व हडप्ने भन्दा पनि स्कुल,क्याम्पसको मैदान बाट आधुनिक र शैक्षिक बहस सुचारु गरि संघर्षको मैदानबाट नेतृत्वमा आउनु पर्ने उनिहरुको भनाई  छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update