बैतडी- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी पूर्व केन्द्रीय सदस्य चन्द्रकला साउदले पार्टी परित्याग गरेकी छिन् । बैतडीको मेलौली नगरपालिका घरभएकी साउद आज राप्रपा पार्टी परित्याग गरेर एमाले प्रवेश गरेकी हुन् ।साउदले एक प्रेस विज्ञप्ती जारी गर्दै राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी गेरकी छिन् ।
नेकपा एमाले मैलौली नगरकमिटिले मंगलबार आयोजना गरेको कार्यक्रममा उनि पार्टी प्रवेश गरेकी हुन् । राप्रपा संग बैचारिक कुराहरु र सिद्धान्त नमिलेर आफुले पार्टी परित्याग गरेको उनले बताएकी छिन् ।
लामो समय आफु एमालेमै रहेर २०७४ सालको स्थानीयतहको निर्वाचनका बेला राप्रपा नेपालमा गएकी र अहिले निर्वाचनकै बेला पूरानै पार्टीमा फर्किएकी उनले बताइन् । राप्रपाको राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्य चयन भएकी साउद ७४ सालको स्थानीय निर्वाचनमा राप्रपा नेपालबाट मेलौली नगरपालिकामा उपमेयर पदकी उम्मेदवार समेत बनेकी थिइन् ।
राप्रपा छाडेर एमालेमा प्रवशे गरेकी साउदलाइ आज स्वागत गरिएको छ । राप्रपा पार्टी परित्याग गरेर एमाले रोजेकी साउदलाइ आज मेलौलीमा आयोजित पार्टीको कार्यक्रममा मेलौली नगर इन्चार्ज जगदिश सिंह नायकले अबिर सहित खादा ओडाएर स्वागत गरेको एमाले नेता बलभद्र दयालले जानकारी दिए । चन्द्रकलालाइ पार्टीमा उचित स्थान दिइने एमालले जनाएको छ ।