Sagun Khabar
एमाले बैतडी अध्यक्ष पालले पार्टीमा लागेर  अकुत सम्पत्ति कमाएको आरोप, जोशीले गरे छानबिनको माग 

बैतडी- आसन्न स्थानीयतहको निर्वाचनमा डिलाशैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका  युवा नेता सन्तोष प्रकाश जोशीले नेकपा एमाले बैतडीका अध्यक्ष शुरेन्द्र  पालले पार्टीमा लागेर अकुत  सम्पत्ति  कमाएको आरोप लगाएका छन् । सोमबार सगुन अनलाईन टिभीको चुनाव विशेष कार्याक्रममा बोल्दै उनले पालले पार्टीमा लागेर अकुत  सम्पत्ति कमाएको आरोप लगाएका हुन् ।

उनले भने ‘पार्टी अध्यक्ष पाल हिजो कहाँ थिए , अहिले  कहाँ छन् उनका घरघरेडी, गाडी, डोजर सबैको  छानबिन हुनुपर्छ ।’ नेकपा एमालेलाइ बैतडीमा जोगाँउन पार्टीले पहिलो  कारवाही अध्यक्ष पाललाइ  गर्नुे पर्ने उनको भनाइ थियो ।

Atrya hospital

 उनले भने  ‘बैतडी जिल्लामा नेपाल कम्युनिष्ट पार्टी एमाले बाँकी राख्ने  हो  भने पहिलो कारवाही शुरेन्द्र पाललाइ गरिनु पर्छ, त्यस पछाडी नेकपा एमालेको खोल ओडेर विभिन्न ठाउँमा बसेर भागबन्डा गरेर खानेहरुलाई पार्टीले  हेरोस् । पार्टी जोगाउनुका लागि, पालमात्र नभइ यो प्रदेशमा नेतृत्व गर्ने, पार्टीमा केन्द्रीय सदस्यको हैंसियत, जिम्मेवारीमा बसेर सडकमा चिल्लो गाडीमा नेता भएर हिँडिरहेकाहरुलाई पनि एक चोटी हेर्नुे पर्छ । उनीहरुको अवस्था के थियो, घरपरिवार कसरि चल्थ्यो, अहिले कस्तो छ,उनीहरुको पहिरन, लवाइखुवाइ हेर्नुेपर्दैन ? छानबिन हुनुपर्छ ।’ 

यस्तै जोशीले शुरेन्द्र पालका कारण डिलाशैनी बासीले धेरै दुःख पाएका समेत आरोप लगाएका छन । यातायात ,स्वास्थ्य सेवा, पालिका बाट प्रवाह हुने सेवा र सुरक्षाका सन्दर्भमा पनि गाउँपालिका बासीहरुलाइ बञ्चीत गर्न खोजेको उनले आरोप लगाए । नजिकिदै गरेको स्थानीयतहको निर्वाचनमा डीलाशैनी गाउँपालिकाको  अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका सन्तोषले  एक चोटी पार्टी भन्दा माथि उठेर भोटदिन पनि डिलाशैनी बासिहरुलाई आग्रह गरेका छन् ।

डिलाशैनी  गाउँपालिकामा देखा परेका अराजक क्रियाकलापबाट आजित भएर आफुले नेतृत्व गर्न खोजेको भन्दै उनले एक चोटि सबै जनतालाइ पार्टी भन्दा माथि उठेर भोट दिन आग्रह गरेका हुन् । जोशीले भावुक हुँदै एकचोटी पार्टीभन्दा माथि उठेर डिलाशैनीबासीलाई न्यायको  अभियानमा साथ  दिन आह्वान गरेका छन् ।   

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update