बैतडी- बैतडीको दशरथचन्द नगपालिकामा नेकपा माओवादी र एकीकृत समाजवादी पार्टी बिच चुनावी तालमेल गर्ने निर्णय भएको छ । माओवादी र एसको आज बसेको नगर सयन्त्रको बैठकले दशरथचन्द नगरपालिका भित्र मिलेर चुनाव लड्ने सहमति भएको माओवादी केन्द्र दशरथचन्द नगरकमिटि अध्यक्ष गोपाल बोहराले जानकारी दिए ।
उनका अनुसार स्थानीयतहको निर्वाचनमा मेयरमा माओवादी केन्द्रका प्रेम सिह थापा र उपमेयरमा सामाजवादीका राजु भुललाई उठाउने निर्णय भएको छ । यस्तै दुवै पार्टीले वडामा पनि तालमेल गरेर जाने सहमति भएको छ ।
सहमति अनुसार दनपाका ६ वडामा समाजवादीले पाउने छ भने ५ वडामा माओवादी केन्द्रले पाउने बताइएको छ । समाजवादीले १, ३,४,५,८,११ र माओवादीले २, १०, ९, ६ र ७ नं वडा पाउने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९ १७:०१
प्रतिक्रिया दिनुहोस्