Sagun Khabar
बैतडीमा एसईईका लागि नियुक्त गरिएका केन्द्राध्यक्षहरुलाई अभिमुखिकरण,परीक्षालाइ  मर्यादित बनाउन निर्देशन

बैतडी- माध्यमिक शिक्षा परीक्षा एसईईका लागि बैतडीमा नियुक्त गरिएका केन्द्राध्यक्षहरुलाई अभिमुखिकरण तालिम दिइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले आज   एसईइ परीक्षका लागि नियुक्त गरिएका केन्द्राध्यक्षहरुलाई एकदिने अभिमुखिकरण तालिम दिएको हो ।

नियुक्त गरिएका केन्द्राध्यक्षहरुलाइ परीक्षालाई निष्पक्ष,मर्यादित र व्यवस्थीत बनाउन अभिमुखीकरण तालिम दिइएको  शिक्षा विकास तथा समन्वय इकाइ  बैतडीका प्रमुख नरेन्द्र प्रशाद अवस्थीले जानकारी  दिए । माध्यमिक शिक्षा परीक्षा समुन्वय समिति संयोजक  एवं प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा भएको अभिमुखिकरण  कार्यक्रममा  केन्द्राध्यक्षकहरुलाई परीक्षालाई निष्पक्ष,मर्यादित र व्यवस्थीत बनाउन प्रशासनिक र प्राविधिक सुझाव सहितको निर्देशन दिएको उनले  बताए  ।

Atrya hospital

उनले भने ‘ हामिले आज  २५ ओटै  केन्द्राध्यक्षहरुलाई बोलाएर  अभिमुखिकरण गर्यौ, परीक्षालाइ  परीक्षा जस्तो  बनाउन पनि आग्रह  गरेका छौँ ।’ परीक्षा सञ्चालन निर्देशिका २०७७ बमोजि परीक्षालाइ  निष्पक्ष, मर्यादित र व्यवस्थीत  बातावरणमा सञ्चालन गर्न निर्देशन गरिएको बताइएको  छ ।

यस्तै केन्द्राध्यक्षहरुलाई  परीक्षा सामग्री समेत हस्तान्त्रण गरिएका छन् । २५ ओटै  केन्द्राध्यक्षहरुलाई परीक्षाका लागि आवश्यक पर्ने  सामग्री हस्तानत्रण गरिएको   शिक्षा विकास  तथा समुन्वय इकाइ  प्रमुख अवस्थीले  बताए । शिक्षा विकास  तथा समुन्वय  इकाइ  बैतडीले  आयोजना गरेको  अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी  राजेन्द्र देव पाण्डे , शुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि   र २५ ओटै  परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुको सहभागीता रहेको  थियो ।

माध्यमिक शिक्षा परीक्षा एसईई बैशाख ९ गतेबाट शुरु हुंदै छन् ।  बैतडीबाट यस  वर्षको एसईइ परीक्षामा ५ हजार ४ सय ३१ जना विद्यार्थी सहभागी  हुनेभएका छन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update