Sagun Khabar
दार्चुलामा कांग्रेस र माओवादी केन्द्रले पालिका बाँडफाँड टुंग्याए,समाजवादी समेटिएन 
Atrya hospital

दार्चुला -अगामी बैशाख ३०मा हुने निर्वाचनका लागी दार्चुलामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पालिका बाँडफाँड टुंग्याएका छन् । नेकपा (एकीकृत समाजवादी)लाई नसमेटेरै गठबन्धनका प्रमुख दलहरुले पालिका बाँडफाँड टुंग्याएका हुन् ।

९ वटा स्थानीय तहमध्ये २ नगरपालिकासहित ५ पालिकामा कांग्रेस र ४ पालिकामा माओवादी केन्द्रले नेतृत्व पाउने गरी सहमति भएको छ । जसमा माओवादी केन्द्रलाई अपिहिमाल, मार्मा, नौगाड र लेकम गाउँपालिकाको अध्यक्ष दिने निर्णय भएको छ भने कांग्रेसलाई महाकाली र शैल्यशिखर नगरपालिकाको प्रमुख तथा मालिकार्जुन, दुहुँ र व्याँस गाउँपालिकाको अध्यक्ष दिने सहमति भएको छ ।

कांग्रेसले अपिहिमाल, मार्मा, लेकम, दुहुँ र नौगाड गाउँपालिकाको उपाध्यक्ष तथा महाकाली र शैल्यशिखर नगरपालिकाको उपप्रमुख पाउनेछ भने माओवादीले मालिकार्जुन र व्याँस गाउँपालिकाको उपाध्यक्ष पाउनेछ । कांग्रेसले जिल्लाका ४० बढी वडा र माओवादीले २० वडा पाउने खाका बनाइएको छ । समाजवादीलाई भने महाकाली र शैल्यशिखरमा मिल्ने अवस्था भएपनी गठबन्धनका प्रमुख दलहरुले वेवास्था गरेका हुन । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update