बैतडी - नेकपा माओवादी केन्द्र बैतडीले पुर्चौडी नगरपालिकाका ८ ओटा वडामा उम्मेदवार चयन गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदका लागि नेकपा माओवादीले नगरपालिकाका ८ वडामा उम्मेदवार चयन गरिसकेको हो ।
माओवादी केन्द्रले पुर्चौंडी नगरपालिकामा रहेका १० वडा मध्ये ८ वडामा सर्वसम्मत उम्मेदवार चयन गरिसकेको नेकपा माओवादी केन्द्र बैतडीका सह इन्चार्ज एवं आसन्न निर्वाचानमा पुर्चौडी नगरपालिकाका मेयरका उम्मेदवार बिक्रम कुवर प्रतिकले जानकारी दिए ।
उहाँका अनुसार वडा नं १ मा आनन्द सिंह धामी, ३ मा दले धामी (रकेट), ४ मा बिनोद धानुक ,६ मा मान साउद (चट्टान) ७ मा उज्ज्वल साउद, ८ मा डम्बर धामी,९मा लोकेश बोहरा र वडा नं १० मा गोपाल महरा अध्यक्ष पदका लागि सर्वसम्मत उम्मेदवार चयन भएका हुन् । अहिले ८ वडामा उम्मेदवार चयन गरेर चुनावी प्रचारप्रसारमा तिव्रता दिइएको छ । बाँकीरहेका वडामा पनि एक दुइ दिनमै उम्मेदवारको टुंगो लाग्ने सह इन्चार्ज कुँवरले बताए ।
पुर्चौडीमा उपमेयरका उम्मेदवारको पनि टुंगो लगोको छैन् । उमपमेयर संगै बाँकीरहेका वडामा पनि केहिदिनमै टुङ्गो लाग्ने बताइएको छ । माववादीले ८ वडामा सर्बसम्मत उम्मेदवार चयन गरेर चुनावी प्रचार प्रसारमा तिब्रता दिएको छ । छनोट भएका मेयर लगायत वडाध्यक्षका उम्मेदवाररुले घरदैलो अभियानमा तिब्रता दिएका हुन् ।