बैतडी- बैतडीमा भुकम्प र आगलागी सम्बन्धि कृत्रिम घटना अभ्यास आज बुधबार सम्पन्न गरिएको छ । मनसुन पूर्वको तयारी र जिल्ला विपद प्रतिकार्य सम्बन्धि बनेका योजनाहरुको कार्यान्वयन गराउने उदेश्यले कार्यक्रम गरिएको हो ।
जिल्ला विपद वयवस्थापन समितिको आयोजना र नेपाल रेडक्रस सोसाइटी बैतडीको सहयोगमा भुकम्प र आगलागी सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको हो । दशरथ चन्द नगरपालिका वडा नं ५ सुन्दरखाली मा सम्पन्न कार्यक्रममा जिल्ला स्थित विपद संग सम्बन्धित सवै सरोकावाला निकायहरुले कृत्रिम घटना अभ्यास गरेका नेपाल रेडक्रस सोसाइटी बैतडीका फिल्ड कोअर्डिनेटर गोविन्द वल्लभ पन्तले जानकारी दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले राहात वितरण,प्राथमीक उपचार र आवास व्यवस्थापन सम्बन्धि,नेपाली सेना,सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले खोज तथा उद्वारको अभ्यास,खानेपानी तथा सरसफाई डिभिजनले स्वच्छ खानेपानि सम्बन्धि,पोषणयुक्त खानेकुरा सरसफाई लगायतका बिषयमा स्वास्थ्य कार्यालय बैतडीले कृत्रिम घटना अभ्यास गरेको थीयो ।
यस्तै सामाजिक विकास कार्यालय बैतडी, शिक्षा विकास तथा समन्वय ईकाई बैतडी संगै सरोकारवाला निकायहरुले विपदका बेला आफुले गर्ने कामहरुको अभ्यास गरेका पन्तले बताए । जिल्लामा विपद सम्बन्धि जतिपनि कुराहरुको प्रतिनिधित्व समन्वय तथा संचार व्यवस्थापन समितिले गर्ने गरेको उहाँले जानकारी दिए ।
कार्यक्रमको प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेयले सम्बोधन गर्दै शुभारम्भ गरेको र कार्यक्रममा सयौंको संख्यामा उपस्थिति रहेको कोअर्डिनेटर पन्तले जानकारी दिए ।