Sagun Khabar
राप्रपाको चुनावी प्रतिबद्धता : कक्षा १२ सम्म निःशुल्क शिक्षा , छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याड

राप्रपा नेपालले यही वैशाख ३० गते हुने पालिका चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज बुधवार काठमाण्डौमा भएको कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो । 

घोषणापत्रमा भ्रष्टाचारमुक्त पालिका बनाउने र नागरिकलाई निष्पक्ष र छिटो सेवा दिने, चुनाव जितेको ६ महिनाभित्रमा विपन्न परिवारको पहिचान गर्ने उल्लेख छ । 

Atrya hospital

यस्तै कक्षा १२ सम्म निःशुल्क शिक्षा, विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याड वितरण र प्राथमिक तहसम्म स्थानीय मातृभाषामा शिक्षा दिइने उल्लेख छ । 

हरेक वडामा प्रसूति सेवा तथा निम्न आय भएका सुत्केरीलाई तीन महिनासम्म तीन हजार रुपैयाँ मासिक भत्ता दिइने पनि घोषणापत्रमा उल्लेख छ । 

राप्रपाले घोषणापत्रमा स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशतसम्म स्थानीय कर कटौती गरी न्यूनतम करको व्यवस्था गर्ने जनाएको छ । 

 

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update