Sagun Khabar
बैतडीको पुर्चौंडी एमालेबाट कुँवर मेयर र साउँद उपमेयरका उम्मेद्वार 
Atrya hospital

बैतडी –नेकपा एमालले बैतडीको पुर्चौडी नगरपालिकामा उम्मेद्वारको  टुंगो  लगाएको  छ  । एमालेको  नगरकमिटिको बैठकको सिफारिश अनुसार आकांक्षीहरु मध्ये मेयरमा कर्णबहादुर कुँवर र उपमेयरमा जानकी साउँदलाई उम्मेद्वार बनाउने निर्णय भएको बताइएको छ । 

कर्णबहादुर कुँवर नेकपा एमालेका  प्रदेश कमिटि सदस्य  हुन भने जानकी साउद जिल्ला कमिटि सदस्य  हुन् । आकांक्षीहरुबीच बसेर छलफल पश्चात आफूहरु सर्वसम्मत उम्मेद्वार बनेको मेयर पदका उम्मेद्वार कर्णबहादुर कुँवरले बताए । 

२०७४ सालको चुनावमा पनि दुवै जनाले एमालेबाट मेयर र उपमेयर पदमा उम्मेद्वारी दिएका थिए । त्यतीबेला दुवै  जनाले माओवादीका उम्मेदवारहरु संग ६÷७ सयको  मतान्तरले पराजय भोगेका थिए । यस्तै पुर्चौडीका वडाहरुमा पनि एमालले उम्मेदवार टुंगो  लगाइ सकेको  बताइएको छ । १० ओटै  वडामा सर्बसम्मत नै उम्मेदवारको टुंगो  लगाइ सकेको कुँवरले बताए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  ०९:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update