बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले बैतडीको पाटनमा मेयर, उपमेयर सहित वडा अध्यक्षहरुको उम्मेदवारी टुंगो लगाएको छ । मेयर पदका लागि समाजवादीले चमनकुमार भण्डारीलाई अघि सारेको छ भने उपमेयर पदका लागि द्रोपती जोशी अवस्थीलाई उम्मेदवार बनाएको छ ।
यस्तै वडा नं १ मा चन्द्रदेव भट्टराई, वडा नं २ मा रमेश पन्त, वडा नं ३ मा हरिसिंह बिष्ट, वडा नं ४ मा योगसिंह बिष्ट, वडा नं ५ मा प्रदीप बोहरा, वडा नं ६ मा राम भुल , वडा नं ७ मा धर्मा बम्म चन्द, वडा नं ८ मा जयसिंह महरा, वडा नं ९ मा शिवराज भट्ट र वडा नं १० मा गोपाल धामीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।
मेयर, उपमेयर तथा वडा अध्यक्षहरुका उम्मेदवार सर्वसम्मत रुपमा चयन गरेको मेयरका उम्मेदवार भण्डारीले बताए ।
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९ १७:३७
प्रतिक्रिया दिनुहोस्