बैतडी –नेकपा एकीकृत समाजवादीका मेलौली नगर कमिटि अध्यक्ष भीमदत्त भट्ट एमालेमै फर्किएका छन् । बिहीबार उनलाई पार्टी कार्यालयमा स्वागत गरिएको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए ।
पार्टी विभाजन हुँदा समाजवादीमा आवद्ध भएका भट्टले एक विज्ञप्ती जारी गर्दै एकीकृत समाजवादी दक्षिण्पन्थी अवसरमा फसेको आरोप लगाएका छन् । उनलाई एमाले बैतडीका इन्चार्ज पुरनसिंह दयाल, सहइन्चार्ज लिलाधर भट्ट लगायतका नेता कार्यकर्ताहरुले पार्टीमा स्वागत गरेका छन् ।
उनीसंगै समाजवादीको मेलौली नगरकमिटिका ९ जना सदस्य र वडा नं ९ विशालपुरको पुरै वार्ड कमिटि एमालेमा समाहित भएको जानकारी दिइएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९ १७:५०
प्रतिक्रिया दिनुहोस्