Sagun Khabar
बैतडीको सुर्नयामा माओवादी र समाजवादीको गठबन्धन, अध्यक्षका लागि बिष्ट उम्मेदवार 
Atrya hospital

बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा आसन्न स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन सहित चुनाव लड्ने भएका छन् । सत्तागठबन्धनको अर्को दल नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने भएपछि दुई दलले गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको माओवादी केन्द्रका सुर्नया इन्चार्ज स्वेता भट्टले जानकारी दिइन् । 

अध्यक्ष पद समाजवादीले लिने र उपाध्यक्ष माओवादी केन्द्रलाई दिने सहमति भईसकेको उनले बताइन् । दुई दलीय गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नेता नरेन्द्र बिष्टलाई अध्यक्ष पदको उम्मेद्वार बनाउने निर्णय भईसकेको भट्टले बताइन् । उपाध्यक्षको उम्मेदवार माओवादीको भागमा परेपनि कसलाई  अघि सार्ने भन्ने बिषयमा अझै टुंगो लागि नसकेको बताइएको छ । 

यस्तै ८ ओटै वडामा गठबन्धन गरेर चुनाव लड्ने भनिएपनि  कसलाई कुन वडामा उम्मेदवार बनाउने भन्ने अझै टुंगो लागि सकेको छैन् । भट्टले भनिन् ‘अहिले पनि हामी छलफलमै छौं । कुन वडामा कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा छिटै निर्णयमा पुग्छौं ।’

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १८:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update