Sagun Khabar
गाउँपालिकाको केन्द्रमा अस्पताल बन्नुपर्ने भन्दै पञ्चेश्वरमा आन्दोलन 
फोटो :आम्चोरामा गाउँपालिकास्तरीय अस्पताल स्थापनाको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय 
Atrya hospital

दश शैइयाको अस्पताल गाउँपालिकाको केन्द्रमा बन्नुपर्ने भन्दै बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ४ आम्चोराका स्थानीय आन्दोलित भएका छन् । गाउँपालिकाले १० शैइयाको अस्पताल कुलाउमा बनाउने प्रयास गरेको भन्दै गाउँपालिकाको केन्द्र भएकै ठाउँमा अस्पताल बन्नुपर्ने उनीहरुको माग छ । नेपाल सरकारले प्रत्येक स्थानीय तहमा १० शैइयाका अस्पताल बनाउने रणनीति अनुसार सबै पालिकमा बजेट पठाएको छ । बैतडीका केही स्थानीय तहमा गएको मंसिरमा अस्पतालहरु शिलान्यास गरिएको भएपनि पञ्चेश्वरमा भने काम अघि बढ्न सकेको छैन् । 
स्थानीयहरुको अवरोधका कारण अस्पतालको काम अघि बढ्न नसकेको हो । गाउँपालिकाको केन्द्र भएकै ठाउँमा पालिकास्तरीय अस्पताल बन्नुपर्ने स्थानीयको माग छ । तर आफूहरुको मागका बारेमा सुनुवाई नभएपछि बुधबार र्याली सहित कोणसभा गरेको संघर्ष समितिका सदस्य बीरबहादुर चन्दले जानकारी दिए । उनले भने ‘हामीले पञ्चेश्वरको केन्द्र आम्चोरामा गाउँपालिकास्तरीय अस्पताल बन्नुपर्छ भन्ने माग राखेका छौं । हाम्रो मागको सुनुवाई भएको छैन् । त्यसैले हामीले आन्दोलन गरेका हौं ।’
गाउँपालिका अध्यक्षले एकलौटी रुपमा कुलाउमा अस्पताल स्थापना गर्ने प्रयास गरेको उनले  आरोप समेत लगाए । चन्दले सगुनखबरसंग कुरा गर्दै भने ‘गाउँपालिका अध्यक्ष अहिले काठमाण्डौंमा हुनुुहुन्छ । हामीले उपाध्यक्ष ज्यूलाई फोन गरेर बोलायौं । तर उहाँ आउनु भएन् । हाम्रो गुनासो सुनिदिनोस भन्दा पनि आउनु भएन् । हाम्रो माग पूरा नहुँदा सम्म संघर्ष जारी रहन्छ ।’
आफूहरुले गाउँपालिकामा र्याली सहित पुगेर ज्ञापन पत्र समेत बुझाएको चन्दले बताए । यो बिषयमा बुझ्न खोज्दा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष फोन रिसिभ भएन् । पञ्चेश्वरमा पछिल्लो समयमा अस्पताल स्थापनाका बिषयमा विवाद हुँदै आएको बुझिएको छ । 

 

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update