Sagun Khabar
आजदेखि एसईई , बैतडीमा ५ हजार बढी परीक्षार्थी 

बैतडी–आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु हुँदैछ । बिहान ८ बजेदेखि परीक्षा शुरु हुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । 

एसईई परीक्षामा बैतडीबाट ५ हजार ४३१ परीक्षार्थी सहभागी हुँदैछन् । प्राविधिक धारका १ सय ८३ सहित ५ हजार ३ सय ६४ र ग्रेडवृद्धिका ६७ विद्यार्थी गरी ५ हजार ४ सय ३१ विद्यार्थी परीक्षा सहभागी हुने अवस्थीले बताए । 

Atrya hospital

ग्रेड वृद्धिको परीक्षा नियमित परीक्षा दिएकै केन्द्रबाट सञ्चालन हुनेछ भने प्राविधिक धारको परीक्षाका लागि विरेन्द्र मावि शाहीलेकमा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ । जिल्लाभरी २५ ओटा केन्द्र मार्फत परीक्षा सञ्चालन हुनेछ । 

परीक्षालाई मार्यादित रुपमा सम्पन्न गर्नका लागि अनुगमनको व्यवस्था मिलाइएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख अवस्थीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  ०७:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update