Sagun Khabar
सरकारी जागिर छोडेर वडा अध्यक्ष पदको उम्मेदवार 
Atrya hospital

बैतडी –स्थानीय तहको निर्वाचन नजिक आएका बेला उम्मेदवारी घोषणा गर्नेहरुको संख्या बढ्दै गएको छ । विभिन्न राजनीतिक दलमा आवद्ध व्यक्तिहरुले उम्मेदवारी घोषणा गर्न थालेका हुन् । बैतडीको पाटन नगरपालिका वडा नं १० मा नेपाली कांग्रेसले धनबहादुर कुँवरलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाएको छ । 

२८ बर्षसम्म प्राविधिक सहायकको जागिर गरेका कुँवरले सो पदबाट राजीनामा गरेर चुनावी मैदानमा होमिएको बताए । सरकारी जागिरको सिलसिलामा आफ्नो नागरिकसंग राम्रो सम्बन्ध रहेको र सोही सम्बन्धका कारण आफू राजनीतिमा होमिएको उनले बताए । उनले भने ‘मैले मेरो जागिरको धेरै समय यसै वडामा बिताएको छु । यहाँका नागरिकका समस्यासंग जानकार छु । उनीहरुका समस्या समाधानका लागि मेरो उम्मेदवारी हो ।’

पार्टीले टिकट दिएसंगै आफू चुनावी प्रचारप्रसारमा होमिएको कुँवरले बताए । उनले भने ‘मैले अहिले घरदैलो अभियान शुरु गरेको छु । नागरिकले जिम्मेवारी दिएमा जिम्मेवारी पूरा गर्ने बाचा गरिरहेको छु ।’
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update