बैतडी – नेकपा माओवादी केन्द्रका सुर्नया सहइन्चार्ज जगदीश कुँवरले उपाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । पार्टीबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
सुर्नयामा एकीकृत समाजवादी र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् । अध्यक्ष पदका लागि समाजवादीका केन्द्रिय सदस्य नरेन्द्र बिष्ट र उपाध्यक्ष पदका लागि माओवादी केन्द्रका सुर्नया इन्चार्ज स्वेता भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
पार्टीले आफूलाई पाखा लगाएको आरोप लगाउँदै कुँवरले उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताए । उनले भने ‘पार्टीमा गरेको योगदानको कदर नभएपछि मैले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हुँ । म मेरो निर्णयबाट पछि हट्दैन् । मेरो उम्मेदवारी दर्ता हुन्छ ।’
प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९ ०८:१९
प्रतिक्रिया दिनुहोस्