कैलाली –नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिकाको मेयरमा फेरि नृपबहादुर वडलाई उम्मेदवार बनाउने भएको छ । धनगढीको मेयरका लागि काँग्रेसबाट सात जनाले आवेदन दिएकोमा वडलाई फेरि उम्मेदवार बनाउने तयारी भएको हो ।
सत्तारुढ गठबन्धनको भागवण्डामा धनगढीको मेयर काँग्रेसको भागमा परेपछि काँग्रेसको कार्यदलले वडको नाम टुंगो लगाएको हो । धनगढीको मेयरमा वडलाई दोहर्याउने निर्णय भएको नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बताए । उपमेयर भने माओवादीको भागमा परेको उनले बताए ।
धनगढीको मेयरमा उम्मेदवार हुने टुंगो लागेपछि आजै वडले राजीनामा दिने तयारी गरेको बताइएको छ । उनी २०७४ सालमा पनि नेपाली कांग्रेसबाट धनगढीको मेयरमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९ ०८:४८
प्रतिक्रिया दिनुहोस्