Sagun Khabar
वडा अध्यक्ष  जयबहादुर कुँवरले दिन मानेनन् सूचना, सूचना माग्ने भन्दै उल्टै धम्की 

बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा ६ का अध्यक्ष  जय बहादुर कुँवरले सूचना दिन  इन्कार गरेका छन् । वडाकै कोखेत गाउँ बस्ने  महेश अवस्थीले  सूचना माग गर्दा  पनि  अध्यक्षले दिन इन्कार गरेका हुन् ।

चैत्र १२ गते वडा भित्र भएका काम र  त्यो काममा  भएको  सम्पूर्ण खर्चको आय व्ययको विवरण दिन  माग गरिएपनि  अध्यक्षले  अहिले  सम्म उपलब्ध गराएका छ्रैनन् । कार्यालय  प्रमुखलाइ  सूचना मागका लागि  निवेदन दिने नियम भएपनि वडाध्यक्षले आफुलाइ सम्बोधन नगरेको भन्दै निहुँ खोजेर   सूचना दिन आलटाल गरेका  हुन् ।

Atrya hospital

भेटेरै सूचना माग्दा नदिएको र उल्टै उनले धम्की  दिएका  बताइएको   छ ।  सो वडामा कार्यरत  कर्मचारीहरुलाइ  सूचना दर्ता समेत गर्न  नदिएको  बताइएको छ । नेपालको संविधानको  धारा २७ तथा सूचनाको हक सम्बन्धी  ऐन  २०६४ को  दफा ३ र ७ अनुसार जुनसुकै  नागरिक, संघ संस्थाले  पनि सूचना माग गर्दा  पाउने  हक छ तर अध्यक्ष कुँवरले सो हकलाइ  लत्याएर  सूचनाको हक कार्यान्वयनमा वेवास्था गरेका हुन् ।

०७४ साल देखि हाल सम्म  वडाले  गरेको  आय व्ययको विवरण, मउरभट्यौना हे पो सडकमा हाल सम्म खर्च भएको विल भरपाइ , हाल सम्म जनप्रतिनधिले लिएको भत्ताको विल भरपाइ, कोरोना कोषबाट लक्षित वर्गलाइ दिएको नगद विवरण सहितको नामावली, वडाले वितरण गरेका  कम्बल , पोलिहाउस, होजियारी उपकरण, सिलाइ कटाइ मेसिन, लगायतका सम्पूर्णको विवरण, वितरण गरेका व्यक्तीहरुको नामावली प्रकृयागत कागजात सहित  माग गरिए पनि  अहिले  सम्म उपलब्ध नभएका हुन् । 

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  १०:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update