बैतडी –बैतडीमा नेकपा एमालेबाट वडा सदस्यका उम्मेदवार रहेका प्रेमसिंह रावलको निधन भएको छ । दशरथचन्द नगरपालिका वडा नं ५ मा वडा सदस्य उम्मेदवार बनाइएका ७४ बर्षीय रावलको शनिबार निधन भएको एमालेका जिल्ला उपसचिव लोकेन्द्र भण्डारीले बताए ।
रावलको हृदयघातका कारण निधन भएको बताइएको छ । रावल २०४८ सालदेखि नै एमालेमा आवद्ध रहेका थिए । वडा सदस्यका उम्मेदवार रावलको निधन भएपछि उनको ठाउँमा अर्को व्यक्तिलाई उम्मेदवार बनाइने भण्डारीले बताए ।
प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९ १५:४७
प्रतिक्रिया दिनुहोस्