बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा वडा नं १ मा माओवादी केन्द्रले दशरथ चन्दलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाएको छ । वडा कमिटिको बैठकले चन्दलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यस्तै खुला सदस्यमा मीनबहादुर चन्द र ललितबहादुर चन्द, महिला सदस्यमा सरस्वती चन्द र दलित महिला सदस्यमा मैना नेपालीलाई उम्मेदवार बनाउने निर्णय भएको वडा अध्यक्षका उम्मेदवार दशरथ चन्दले बताए ।
प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९ १७:१५
प्रतिक्रिया दिनुहोस्