कैलाली –कैलालीमा आसन्न स्थानीय तहको निर्वाचनमा तीन दलीय चुनावी तालमेल हुने भएको छ । शनिबार गठबन्धनका दलहरुबीच भएको छलफलले जिल्लाका १३ स्थानीय तहमा तीन दलीय तालमेल गर्ने सहमति गरेको हो ।
कैलालीका १३ पालिकामध्ये प्रमुखमा काँग्रेसले ७ पालिका, माओवादीले ४ पालिका र एकीकृत समाजवादीले २ पालिका पाउने सहमति भएको कैलाली काँग्रेसका सभापति नारायणदत्त भट्टले बताए ।
धनगढी उपमहानगरपालिका, टिकापुर, लम्कीचुहा, गोदावरी, बर्दगोरीया, जोशीपुर र जानकी गाउँपालिका प्रमुख नेपाली काँग्रेसले पाउने उनले बताए ।
यस्तै गौरीगङ्गा नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका, मोहन्याल गाउँपालिका माओवादी केन्द्रले पाउने सहमति भएको छ । त्यस्तै घोडाघोडी नगरपालिका र चुरे गाउँपालिका एकीकृत समाजवादीले पाउने सहमति भएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९ १७:३६
प्रतिक्रिया दिनुहोस्