Sagun Khabar
आज र भोलि मनोनयन दर्ता, बैतडीमा तयारी पूरा 

बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ताका लागि समय तोकिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज र भोलि देशभरी उम्मेदवारको मनोनयन दर्ता हुनेछ । 

बैतडीका १० ओटै स्थानीय तहमा मनोनयन दर्ताका लागि सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए । मनोनयन दर्ताका लागि राजनीतिक दलहरुसंग छलफल गरेर यसलाई व्यवस्थित बनाउने प्रयास भएको उनले बताए । 

Atrya hospital

९ ओटा निर्वाचन अधिकृतका कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता कार्यलाई व्यवस्थित बनाउन दलहरुसंग छलफल गरेको कार्कीले बताए । उनले भने ‘हामी सबै राजनीतिक दलहरुसंग छलफल गरेर मनोनयन दर्ता कार्यलाई व्यवस्थित बनाउने प्रयास गरेका छौं । आज र भोलि मनोनयन दर्ताका लागि समय तोकिएको छ ।’

दशरथचन्द नगरपालिकाको हकमा राप्रपा र जनता समाजवादी पार्टीले आज दिनभर मनोनयन दर्ता गर्ने समय तोकिएको छ । यस्तै राप्रपाले भोलि बिहान १० बजे र जनता समाजवादीले दिउँसो ४ बजेपछि पनि मनोनयन दर्ता गर्ने सक्नेछन् । 

यस्तै दशरथचन्द नगरपालिकामा स्वतन्त्र उम्मेदवारका लागि आज मनोनयन दर्ताका लागि दिनभर समय छुट्याएको मुख्य निर्वाचन अधिकृत कार्कीले बताए । 

यस्तै दशरथचन्द नगरपालिकामा एमालेले बिहान ११ बजे, नेपाली कांग्रेसले दिउँसो १ बजे, माओवादी केन्द्रले दिउँसो ४ बजे र नेकपा एकीकृत समाजवादीले दिउँसो ३ बजे मनोनयन दर्ताका लागि समय छुट्याएको मुख्य निर्वाचन अधिकृत कार्कीले बताए । 

जिल्लाका अन्य स्थानीय तहमा पनि दलहरुसंग छलफल गरेर मनोनयन दर्ताका लागि समय छुट्याएको बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update