बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि एमालेले बैतडीका १० ओटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिकाको मेयर पुष्करराज जोशी (लख्खाभाइ) र उपमेयरमा सरस्वती नेपाली, पाटन नगरपालिकाको मेयरमा नारायण भण्डारी र उपमेयरमा हरु भट्ट, मेलौली नगरपालिकाको मेयरमा जगदीश नायक र उपमेयरमा चन्द्रकला साउँद र पुर्चौंडी नगरपालिकाको मेयरमा कर्णबहादुर कुँवर र उपमेयरमा जानकी साउँदलाई उम्मेदवार बनाएको छ ।
यस्तै जिल्लाको सुर्नया गाउँपालिकामा राप्रपासंग चुनावी तालमेल गरेको एमालेले अध्यक्ष पदमा अम्मरबहादुर कुँवरलाई उम्मेदवार बनाएको छ भने उपाध्यक्षमा राप्रपाका देवबहादुर चन्दलाई उम्मेदवार बनाइएको छ ।
यस्तै सिगास गाउँपालिकाको अध्यक्षमा जस्बीर बोहरा र उपाध्यक्षमा धाना धामी, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा गोरखबहादुर चन्द र उपाध्यक्षमा बीना भट्ट र शिवनाथ गाउँपालिकाको अध्यक्षमा हजारी साउँद र उपाध्यक्षमा शकुन्तला साउँदलाई उम्मेदवार बनाएको छ ।
यस्तै दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा चक्र कार्की र डिलाशैनी गाउँपालिकाको अध्यक्ष अक्कल रानालाई उम्मेदवार बनाएको छ । ती दुवै पालिकामा उपाध्यक्षको उम्मेदवार टुंगो लाग्न बाँकी रहेको एमाले उपसचिव लोकेन्द्र भण्डारीले बताए ।