बैतडी –नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि बैतडीका चारओटा नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय बोर्डले उम्मेदवारको टुंगो लगाएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य रमेश पाण्डेयले बताए ।
जिल्लाको दशरथचन्द नगरपालिकाको मेयरमा गजेन्द्रसिंह रावल र उपमेयरमा कौशिला चन्द, पाटन नगरपालिकाको मेयरमा गौरसिंह रावल, मेलौली नगरपालिकाको मेयरमा प्रेमबहादुर चन्द र उपमेयरमा पार्वती बिष्टलाई उम्मेदवार बनाएको छ । पाटन नगरपालिकाको उपमेयर पदमा भने गठबन्धन दलको उम्मेदवार हुने बताइएको छ ।
यस्तै पुर्चौंडी नगरपालिकाको मेयरमा दीपकबहादुर बमलाई उम्मेदवार बनाएको कांग्रेसले उपमेयरको भने टुंगो लगाउन सकेको छैन् । गठबन्धन दलसंग छलफल जारी रहेकाले उपमेयर पदको टुंगो लाग्न बाँकी रहेको जिल्ला कार्यसमिति सदस्य पाण्डेयले बताए ।