बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सन्तोषप्रकाश जोशीले एमालेबाट राजीनामा दिएका छन् ।
नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ सुदूरपश्चिम अध्यक्ष रहेका जोशीले सो पदबाट राजीनामा गरेर स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेका हुन् । पार्टीले टिकट नदिएपछि जोशीले स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९ १८:१८
प्रतिक्रिया दिनुहोस्