बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस पुर्चौंडी नगरकार्यसमितिले घोषणा पत्र सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गरिएको नेपाली कांग्रेस पुर्चौंडी नगरकार्य समितिले जनाएको छ ।
जनताप्रति उत्तरदायी नगर सरकार हुने कांग्रेसको घोषणापत्र उल्लेख गरिएको छ । यस्तै नगरपालिकाभित्र कालोपत्रे सडक, २५ शैइयाको अस्पताल निर्माण गर्ने कुरा घोषणापत्रमा उल्लेख गरिएको छ ।
नगरपालिकाभित्रका सम्भावनाहरुको खोजी गरी बेरोजगारी समस्या हटाउने कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख गरिएको छ । यस्तै पुर्चौंडी बहुमुखी क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस बनाइने, कक्षा १२ सम्मको शिक्षा पूर्ण रुपमा निशुल्क गर्ने उल्लेख गरिएको छ ।
यस्तै नगरपालिकाभित्र भू नीति र बस्ती विकासको योजना अघि बढाउने नेपाली कांग्रेसको घोषणापत्रमा उल्लेख गरिएको छ । यस्तै खेलकुदको क्षेत्रमा विकास गर्ने, सामाजिक न्यायको वातावरण बनाउने, पूर्वाधार विकासमा जोड दिने पुर्चौंडी कांग्रेसले जनाएको छ ।
कांग्रेसले पुर्चौंडी नगरपालिकाको मेयर पदका लागि दीपकबहादुर बम र उपमेयर पदका लागि मीना धानुकलाई उम्मेदवार बनाएको छ ।