बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा थप एक एम्बुलेन्स आउने भएको छ । ॐ आदि फाउण्डेसनको सहयोगमा उपल्बध एम्बुलेन्स पालिकामा आउने भएको हो ।
सुर्नया गाउँपालिकाका समाजसेवि युवा रिजन मडैको सक्रियतामा फाउण्डेसनबाट प्राप्त एम्बुलेन्स एक दुइ दिनमै पालिका पुग्ने बताइएको छ । आज फाउण्डेसनले सुर्नया गाउँपालिका वडा नं ५ मा रहेको रौलेश्वर स्वास्थ्यचौकीका लागि उपल्बध गराएको एम्बुलेन्स समाजसेवि युवा रिजन मडैलाइ हस्तान्त्रण गरेको हो ।
सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्यचौकीका लागि ॐ आदि फाउण्डेसनले सहयोग गरेको एम्बुलेन्स आज हस्तान्त्रण गरेको र केहि दिनमै सुर्नया ल्याइने समाज सेवि युवा रिजन मडैले बताए ।
मडैले गाउँपालिकामा एम्बुलेन्स अभाव रहेको भन्दै पहल गरेका थिए । यस अघि प्रदेश सरकारको सहयोगमा पनि गाउँपालिकामा एम्बुलेन्स उपल्बध छ । अब पालिका भित्रै दुइ ओटा एम्बुलेन्स भएपछि नागरिकहरुलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।