बैतडी- बैतडीको पाटन नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् । आसन्न स्थानीयतहको निर्वाचनमा माओवादी र काँग्रेसले प्रमुख पदहरुमा तालमेल गरेका हुन् । दुवै दलहहरुले स्थानीयतहको निर्वाचनमा पाटनको मेयर उपमेयरमा साँझा उम्मेदवार अघि सारेका हुन् ।
पाटन नगरपालिकामा काँग्रेसले मेयर पद पाएको छ भने माओवादीको भागमा उपमेयर परेको छ । काँग्रेसले मेयर पदमा गौरीसिँह रावललाइ उठाएको छ । यस्तै माओवादीले कमल बोहरा (अपी) लाइ उपमेयरमा उठाएको हो ।२०७४ सालको निर्वाचनमा मेयर र उपमेयर दुवै पद जितेको काँग्रेसले अहिले भने गठबन्धन गरेको छ ।
यस्तै वडा नं ९मा मा पनि दुवै पार्टीले चुनावी तालमेल गरेका छन् । वडा नं ९मा माओवादीका कालु सिंह भाटलाइ उम्मेदवार बनाईएको पाटन नगरपालिकाको उपमेयरका उम्मेदवार कमला बोहराले बताए । उहाँका अनुसार बाँकी वडामा मित्रवद प्रतिस्पर्धा हुने भएको छ ।