दार्चुला –दार्चुलाको नौगाड गाउँपालिकामा एमालेको ¥यालीमा सहभागी एक महिलाको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर ३ गोगनेकी ५० वर्षीया पाना टमटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार दिउसो एमालेका नेता कार्यकर्ता बाजागाजासहित नौगाड गाउँपालिकाको केन्द्रमा मनोनयन दर्ताका लागि गइरहेका बेला र्याली सहभागी टमाटाको मृत्यु भएको हो । छलिया बाजामा नाच्दै गरेकी टमटा एक्कासी ढलेको र उनको नौगाड–२ सुन्डमुन्डमा मृत्यु भएको बताइएको हो ।
ढलेर बेहोस भएकी टमाटालाई पिठ्युमा बोकेर एकघण्टा टाढाको स्वास्थ्यचौकीमा पुर्याएपनि उनको बाटोमै मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्यचौकीमा पुग्दा उनको मृत्यु भईसकेको खार स्वास्थ्यचौकीका इन्चार्ज गोविन्द ठगुन्नाले बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९ ०७:४२
प्रतिक्रिया दिनुहोस्